काठमाडौं -प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न फागुन २२ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले पूँजी वृद्धिका लागि हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब २९ करोडभन्दा बढी छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात उक्त पूँजी रू. ५ अर्ब २ करोडभन्दा बढी पुग्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij