२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रोटेक्टिभ माइक्रोको प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रोटेक्टिभ माइक्रोको प्रथम वार्षिक साधारण सभा सम्पन्न

1.2K
Shares

काठमाडौं – प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय धनगढीमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी
पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को कारोवारको लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने , आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२)(क) मा व्यवस्था भए वमोजिम समुह क का संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सदस्यहरुलाई निर्विरोध निर्वाचित गरेको छ । कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) मा व्यवस्था भए वमोजिम १ जना स्वतन्त्र विशेषज्ञ सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिका सदस्यहरुका लागि सञ्चालक समितिबाट निधारण गरिएको बैठक भत्ता तथा अन्य सेवा सुविधा अनुमोदन गरेको छ । साथै, सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा (४) र (५) बमोजिम सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको साधारण शेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग लगायत विविध प्रस्ताव पारित गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij