२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लि.को ५२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। यूनाइटेड अजोडको संस्थापक शेयरधनीहरुको नाममा रहेको ५२ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij