काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लि.को आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार १ प्रतिशत तथा १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका ३१ शेयरधनी रहेका छन्। अम्बर प्रोभेस्टमेन्ट प्रालि कम्पनीको सबैभन्दा ठूलो शेयरधनी रहेको छ। यसको हिमालयन रिमा ९.६९ प्रतिशत (६७ लाख ८५ हजार कित्ता शेयर) हिस्सा रहेको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक छन्। यी दुवै बैंकको यो कम्पनीमा ७.१४ प्रतिशत शेयर स्वामित्व रहेको छ। अर्थात दुवै बैंकसँग समान ५० लाख कित्ता शेयर रहेको छ। त्यस्तै इन्फिनिटी होल्डिङको ६.४३ प्रतिशत (४६ लाख कित्ता), जगदम्बा मोटर्सको ४.५७ प्रतिशत (३२ लाख कित्ता), जगदम्बा स्टिल्स र विकास दुगर्डको समान ३.१४ प्रतिशत (२२ लाख कित्ता), हंशराज हुलाचचन्द एन्ड कम्पनी र साफ्रोन सीके इन्भेस्टमेन्टको समान २.८६ प्रतिशत (२० लाख कित्ता) तथा आरएमसी कन्स्ट्रक्सन एन्ड इन्भेस्टमेन्ट र शशिकान्त अग्रवालको समान २.१४ प्रतिशत (१५ लाख कित्ता) शेयर स्वामित्व रहेको छ।
यस्तै अक्कर्ड क्याफिन, अटल क्यापिटल, कालिका फिनकर्प र कार्भ्य ग्लोबलको समान १.९३ प्रतिशत (१३ लाख ५० हजार कित्ता) शेयर स्वामित्व रहेको छ। अजन्ता होल्डिङ, विकास जेबी राना, कैलाश सिरोहिया, कीर्ति अपेक्स, राहुलकुमार अग्रवाल, राजेश हार्डवेयर, सन्दीपकुमार अग्रवाल, शलिमार इन्भेस्टमेन्ट, सौर्य सिमेन्ट इन्डस्ट्रिज, उज्जिवन मर्चेन्ट र वन्डर भेन्चर्सको समान १.४३ प्रतिशत (१० लाख कित्ता) शेयर स्वामित्व रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij