काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीको निमित्त कार्यकारी सीईओका रुपमा कार्यरत रहेका प्रसाईले सीईओको जिम्मेवारी पाएका हुन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले प्रसाईलाई नियुक्ती दिएको हो । प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती दिएको हो । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।
उनीसँग बीमा क्षेत्रको नियमनकारी निकाय (नेपाल बीमा प्राधिकरण), नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, तत्कालिन प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा पनि काम गरेको अनुभव छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij