काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यसका साथै इन्स्योरेन्सले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ। हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँ छ । घोषित बोनस सेयर वितरणपछि ३ अर्ब ९६ करोड पुग्नेछ । यस्तै, कम्पनीले बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजीको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद जारी गर्ने जनाएको छ । फागुन ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण र हकप्रद शेयर निष्काशन गरिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij