काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १० गते (बिहीबार) बसेको बैठक उक्त आर्थिक वर्षका लागि लाभांश नबाँड्ने निर्णय गरेको हो।
साविकको ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्समा गाभिएको र साविकको सूर्या लाइफको नाम परिवर्तन भई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट २०७९ पुस ७ गतेबाट एकीकृत कारोबार सञ्चालनमा आएको थियो। यस सन्दर्भमा साविक ज्योति लाइफको आर्थिक वर्ष २०७९/८० को मिति २०७९ साउन १ देखि पुस ६ गतेसम्मको वित्तीय विवरणअनुसार मुनाफा रहेको र सो मुनाफा रकम जगेडा कोषमा राख्ने निर्णय बैठकले गरेको छ।
यसैगरी साविक ज्योति लाइफ इन्स्योरेन्सको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij