२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडिआरटी मिट-२०२४ सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडिआरटी मिट-२०२४ सम्पन्न

660
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स लि.ले एमडिआरटी मिट २०२४ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेल स्थित आगन्तुक रिजोर्टमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा एमडिआरटी २०२४ का लागि मनोनित सम्पुर्ण एमडिआरटीहरुलाई सम्मान गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, कम्पनीका उच्च पदाधिकारीहरु, प्रदेश प्रमुखहरु, क्षेत्रीय प्रबन्धकहरुका सथै कम्पनीका ब्राण्ड एम्बेसेडर राजेश हमालको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा एमडिआरटी २०२४ का लागि मनोनित सम्पुर्ण एमडिआरटीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य दिदै कम्पनिका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, पवन कुमार खड्काले उपस्थित सबैलाई न्यानो स्वागत तथा अभिवादन गर्दै सबैलाई आगामि वर्षमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको विश्वभरका अभिकर्ताहरुको भेलामा आफुलाई नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झण्डा फहराउन थप उर्जा प्रदान गरे ।

साथै कम्पनिका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडिआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न पे्ररित गरेका थिए । अथक मेहनत, लगन र प्रयास स्वरुप एमडिआरटी बन्न सफल सबैलाई हार्दिक बधाई दिँदै हाल विद्यमान देशको अवस्था र चुनौतिका बाबजुत पनि उत्कृष्ट ब्यवसाय गरी एमडिआरटी बन्न सफल सबै प्रति कृतज्ञ भएको आसय ब्यक्त गरे । कार्यकारी अधिकृत खत्रिले कम्पनि संग आबद्ध भएका हजारौ कर्मठ, लगनशिल र मेहनति अभिकर्ताहरु प्रति नमन ब्यक्त गर्दै आगामि दिनमा उत्कृष्टता हाँसिल गर्न थप हौसला प्रदान गरे ।

साथै कम्पनिका ब्राण्ड एम्बेसेडर राजेश हमालले आफु सूर्यज्योति लाइफ संग विगत लामो समयदेखि हातेमालो गर्दै संगै आगाडि बड्न पाएकोमा गौरवान्वित भएको बताए । अथक मेहेनत र प्रतिबद्धताले नै अभिकर्ताहरुले यो नतिजा हाँसिल गर्न सफल हुनुभएको हो र आफु कलाकारको रुपमा विभिन्न डिजिटल तथा फिल्म बाट मात्र नभई अभिकर्ताहरु संग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा हर्षित भएको बताए ।

नेपालको एकमात्र तथा पहिलो ISO 9001:2015 बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु. ४५४ करोड, कुल लगानी ३,७४५ करोड, जीवन बीमा कोष ३,०५२ करोड, आ.व. २०८०/०८१ पौष मसान्त सम्मको खुद मुनाफा रु.२३.६६ करोड रहको र देशभर १७६ शाखा कार्यालयहरुबाट आफ्ना बीमित तथा सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij