काठमाडौ – हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ नगद लाभांश गरी कुल ५.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि भोलि फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले लाभांश पारित सहितका ऐजेन्डाहरु पारित गर्न फागुन २० गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण आह्वान गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij