२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायवल नेपालको साधारण सभा सम्पन्न, दुई संचालक निर्विरोध चयन

रिलायवल नेपालको साधारण सभा सम्पन्न, दुई संचालक निर्विरोध चयन

1.5K
Shares

काठमाडौं -रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। सभाले १६.८४ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

सभामा गत आव २०७९/८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु पारित गरेको छ । यसका साथै लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।

सभाले सर्वसाधारणको तर्फबाट डा. भिष्म कार्की र दिवेश लोहनीलाई संचालकमा निर्विरोध चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij