२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिखर इन्सुरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो

शिखर इन्सुरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो

1.1K
Shares

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्सुरेन्सको खुद नाफा १९.१७ प्रतिशतले बढेर २५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आजर्न बढेसँगै खुद नाफा बढेको हो ।

यसअवधिमा खुद बिमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ ।पुस मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसाले बढेर १८ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij