२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा लुम्बिनी इन्सुरेन्सको नाफा १५.९७ प्रतिशतले वृद्धि

सगरमाथा लुम्बिनी इन्सुरेन्सको नाफा १५.९७ प्रतिशतले वृद्धि

930
Shares

काठमाडौं – सगरमाथा लुम्बिनी इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस अवधिमा २० करोड ८ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.९७ प्रतिशतले बढी हो ।गत वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ३१ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको कर्जा तथा लगानीबाट आम्दानी १७.०७% ले बढेर २० करोड ६३ लाख ५० हजार रुपैयाँ पुगेको छ । यस्तै , कम्पनीको खुद बिमा शुल्क आर्जन ४.३२% ले बढेर ७९ करोड ५९ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी भने ७.७९ रुपैयाँले घटेर १५.३२ रुपैयाँ कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २३.११ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३२.४५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij