२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा फागुन २० गते हुने

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा फागुन २० गते हुने

670
Shares

काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (माघ २४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारणस समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवासुविधा पुनरावलोकन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १० गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब फागुन ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij