२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल नेपाल लाइफको नाफा बढ्यो

रिलायबल नेपाल लाइफको नाफा बढ्यो

1.6K
Shares

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ५ प्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २ प्रतिशत बढेर १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३४ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, रिटन्ड अर्निङ ३२.१७ प्रतिशत बढेर १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, अन्य इक्विटी १७ प्रतिशत बढेर ५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

यस्तै, लघुवित्तको जीवन बीमा कोष ३१.४७ प्रतिशत बढेर ८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ९५ लाख रुपैयाँ रहेको छ ।
यस अवधिसम्म कम्पनीले ३२ लाख ९९ हजार ६३२ बीमा लेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ छ । यस्तै, प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.०१ गुणा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij