काठमाडौं – नेको इन्स्योरेन्सले २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ। सोही आर्थिक वर्षको लेखापरीक्षणको प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ ।
सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पनि स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ । यस वर्ष कम्पनीले लाभांश भने वितरण नगर्ने भएको छ । गत वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij