२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

1K
Shares

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभाले स्वीकृत गरेको छ । सभाले कम्पनी सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गरेको छ ।

सभाले पारित गरेका सामान्य र विशेष प्रस्ताव स्वीकृतिका लागि नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij