२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने

हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने

1.6K
Shares

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो । यसअघि कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तार गरिसकेको छ।

भारतको बीमा क्षेत्रको नियामक इन्स्योरेन्स रेगुलेटरी एन्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया (आईआरडीएआई)ले हिमालयन रिइन्स्योरेन्सलाई एफआरएन नम्बर प्रदान गरेको छ। हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले यही जनवरी १६ मा स्वीकृत प्रदान गरेको हो। योसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको छ।

नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले हालै सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री गरेको थियो। यो कम्पनीको शेयर गत पुस २३ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको थियो। लगातारको बढोत्तरीका साथ हिमालयन रिइन्स्योरेन्सको शेयर प्रतिकित्ता ६५३ रुपैयाँ अन्तिम कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij