२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल माइक्रो इन्स्योरेन्सले दियो पहिलो दाबी भुक्तानी

नेपाल माइक्रो इन्स्योरेन्सले दियो पहिलो दाबी भुक्तानी

905
Shares

काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलिमिटेडले पहिलो दाबी भुक्तानी दिएको छ। कम्पनीले मोटर बीमा अन्तर्गत तेश्रो बीमा दाबीवापतको रकम शुक्रबार भुक्तानी दिएको हो ।

प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले सघन मोटर बीमा अन्तर्गत मोटरसाइकल धनि धनपति आचार्यलाई ७६ हजार ८ सय ४७ रुपैयाँ दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका हुन् । धनपति आचार्य सवार मोटरसाइकल गत मंसिर २ गते बसुन्धरामा दुर्घटनामा परेको थियो । कम्पनीका अनुसार निर्जीवन बीमा सेवा शुरु भएयताको यो पहिलो दाबी भुक्तानी हो ।

प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले बीमा दाबीको छिटोछरितो फर्छ्यौटले बीमितमुखी सेवाका लागि प्रतिबद्धतालाई पुष्टी गरेको प्रतिकृया दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij