काठमाडौं -हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको साढे ६४ हजार कित्ता शेयर आज पुस २४ गतेबाट बिक्रीमा राखिएको छ। साबिक गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्।
शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको हात्तीसारस्थित कम्पनीको कानुन विभागमा लिखि रुपमा जानकारी गराउनुपर्नेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।
संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै लिखित आवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij