काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको पौने २ लाख कित्ता शेयरमा बोलपत्र पेस गर्ने आज पुस १३ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत पुस ४ गतेबाट लिलामी प्रक्रियामार्फत १ लाख ७८ हजार ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा जोकोही व्यक्ति र संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौं ट्रेड टावरस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij