काठमाडौं –नेपालको मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले ४० युपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ।
मदिरा उत्पादन गर्ने युगौदेखिको स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको छ। हल्का सुनौलो रङ भएको यो ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्विस्की जस्तै हल्का फ्रुटी नोटको अनुभव हुन्छ।

सर्वाधिक लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिष्टिलरिजका लागि विशेष रुपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपिय महलका स्तम्भबाट प्रेरित छ। यसको सन्तुलित आकार, सुगठित काँध र स्थिर पिंधले एक प्रिमियम मदिरा हुनुको समग्र छविलाई पूर्णता दिने कम्पनीले बताएको छ।
उनकाअनुसार कम्पनीको पोर्टफोेलियोमा पहिलो ४० युपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरू सञ्चालन गरिएका थिए। ४० युपीको मदिरामा एबिभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ।
नेपाल डिस्टिलरिजले मुख्यरूपमा २५ र ३० युपीको मदिरा उत्पादन गर्दै आएको छ। कम्पनीको पोर्टफोलियोमा यसअघि आफ्ना उत्कृष्ट उत्पादनहरू खुकुरी रम र न्युड सुपेरियर भोड्का समावेश छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij