२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रि इन्स्योरेन्सको आईपीओ साढे १६ लाख बढीले भरे

हिमालयन रि इन्स्योरेन्सको आईपीओ साढे १६ लाख बढीले भरे

1.6K
Shares

काठमाडौं – हिमालयन रि इन्स्योरेन्सको आईपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । आईपीओको बिक्री खुला भएको अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले सेयर भरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)को अनुसार अन्तिम दिन अर्थात सोमबार ५ बजेसम्ममा साढे १६ लाख बढीले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ बराबरको आवेदन दिएका छन् । आवेदकहरुले कूल ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयर माग गरेका छन् । जुन कम्पनीले माग गरेको भन्दा बढी हो । कम्पनीले सर्वसाधारणबाट २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा राखेको थियो ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij