२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्स लाइफद्धारा मृत्यु दावी रकम हस्तान्तरण

सानिमा रिलायन्स लाइफद्धारा मृत्यु दावी रकम हस्तान्तरण

1.1K
Shares

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको धनगढी शाखाले मृत्यु दावी रकम परिवारलाई हस्तान्तरण गरेको छ । शिवनाथ गाउँपालिका वडा न. ०१का मृतक रुमाल देवी चाडको मृत्यु दावी रकम उनको ससुरा विरमान चाडलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

मृतक चाडले साविकको सानिमा लाइफ इन्स्योरेन्समा २ लाखको जीवन बीमा गरेका थिए । उनको मृत्यु भएपछि बीमितको बीमा लाभ बाफतको रकम रु २१६५०० सानिमा रिलायन्स लाइफ कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा एरिया म्यानेजर हेमन्त बहुदर सिंह ,शाखा प्रमुख विद्द कुमारी सिंह ताथ कर्मचारी वरिष्ट ऐजन्सी म्यानेजर विरेन्द्र सिंह चाडको उपास्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij