काठमाडौं – हिमालयन एभरेष्ट इन्स्यारेन्स कम्पनीले जाजरकोट रुकुम पश्चिमका भुकम्प पिडितहरुलाई राहत स्वरुप १० लाख ५१ हजार आर्थिक सहयोग प्रदान गरेको छ । यहि २०८० कार्तिक १७ गते मध्यरात जाजरकोट र रुकुम पश्चिमका केही भागहरुमा गएको विनाशकारी भुकम्पले स्थानियको घर गोठहरु भत्किन गई ठूलो भौतिक क्षति हुनुको साथै मानविय क्षति समेत हुन गएको थियो ।
उक्त क्षतिबाट स्थानिय जनतामा परेको आर्थिक क्षतिमा कम्पनीको तर्फबाट सहानुभूती पूर्वक सो सहयोग उपलब्ध गराइएको बताइएको छ । कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कर्णाली प्रदेशका स्थानयिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीलाई कर्णाली प्रदेश मन्त्रीपरिषदको कार्यालय सुर्खेतमा एक संक्षिप्त कार्यक्रम गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारको प्रमुख सचिव, चुडामणी पौडेल, बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पद्म सोडारी लगायतका अतिथिहरु, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रबन्धक निर्गुण प्रकाश सिंह तथा कम्पनीका स्थानीय शाखा प्रखुमको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा कर्णली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जि।सी।ले बीमा सचेतनामा अभिवृद्धि तथा स्थानिय जतनालाई बीमाको दायरामा ल्याउन विशेष योजना बनाइने बताउँदै संघियताको मर्मलाई आत्मसात गर्दै सहयोग रकम कर्णाली प्रदेश सरकार कै विपद कोषमा जम्मा हुने व्यवस्था गरिएकोमा कम्पनीलाई विशेष धन्यवाद दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij