२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा इक्वीटी फण्डको लाभांश घोषणा

सानिमा इक्वीटी फण्डको लाभांश घोषणा

1.3K
Shares

काठमाडौं -सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले यस वर्ष १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत १८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रतिफल प्रयोजनका लागि योजना व्यवस्थापकले आगामी दिनमा बुक क्लोजको मिति तय गर्नेछ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।

गत वर्षको तुलनामा यस वर्ष योजनाको प्रतिफल कम रहेको छ । गत वर्ष कर समेत २२ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij