२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आठ वटा बीमा कम्पनीहरुले पाए हकप्रद सेयर निष्काशन गर्ने अनुमति

आठ वटा बीमा कम्पनीहरुले पाए हकप्रद सेयर निष्काशन गर्ने अनुमति

1.3K
Shares

काठमाडौं – मर्जरमा गएर पुँजि पुराउन नसकेका र स्वत पुँजि पुराउन लागेको बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरिएको छ ।
बीमा प्राधिकरणको गत साता बसेको सञ्चालक समितिको बैठकले ४ वटा जीवन र ४ वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको हो ।
प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई सबै भन्दा धेरै ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । सुर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर प्रभु महालक्ष्मी लाइफले भने १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् ।

निर्जिवन बीमातर्फ युनाइटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । त्यस्तै, नेको इन्स्योरेन्सले २५ प्रतिशत र सानिमा जिआईसीले २५ प्रतिशत र हिमालयन एभरेस्ट इन्स्योरेन्सले १२ प्रतिशतहकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij