२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेलायत रोजगारीमा नर्सलाई आवेदन खुल्यो

बेलायत रोजगारीमा नर्सलाई आवेदन खुल्यो

1.1K
Shares

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ। पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ। बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ। सरकार सरकार (जिटुजी) संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो।

बेलायत जान इच्छुकले आवेदन दिन सक्ने मन्त्रालयले सूचनामार्फत् उल्लेख गरेको छ। आवेदन आज (शुक्रबार) देखि खुला भएको छ। कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ। आवेदन दिनका लागि सूचनामा लिंक समेत उपलब्ध छ।

आवेदनका लागि भने योग्यता तोकिएको छ। पिसिएल नर्सिङ पूरा गरेका तथा नर्सिङमा स्नातक एवम् स्नातकोत्तर तहसम्म अध्ययन गरेको हुनुपर्ने छ। यसका साथै न्यूनतम दुई वर्षको कार्य अनुभव हुनुपर्ने छ। आइइएलटिएसमा पनि ७ स्कोर ल्याएको हुनुपर्ने छ।

नेपालबाट छनौट भइसकेपछि बेलायत पुगेर त्यहाँको नर्सिङ काउन्सिलमा पनि परीक्षा दिनुपर्नेछ। त्यहाँको परीक्षामा उत्तीर्ण भएपछि मात्रै स्थायी रोजगारीको सुनिश्चतता हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij