२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश पारित

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश पारित

1.1K
Shares

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको १०.३१ प्रतिशत लाभांश पारित भएको छ ।शुक्रबार इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभाले ९.८० प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि ०.५१ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड हुने बताइएको छ ।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij