२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्स लाइफको सीईओमा शिवनाथ पाण्डे नियुक्त

सानिमा रिलायन्स लाइफको सीईओमा शिवनाथ पाण्डे नियुक्त

1.2K
Shares

काठमाडाै‌– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । साविकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स चैत ९ गते बिहीबार एक आपसमा गाभिएपश्चात् ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार भएको थियो ।
कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले मर्जरपछि बनेको नयाँ संस्थाको सीईओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो । चैत १३ गते पाण्डेलाई कम्पनीको सीईओ पदमा पाण्डेलाई नियुक्त गरिएको हो ।
बीमा ऐन २०७९ को दफा ५७ तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को निर्देशन २८ बमोजिम नेपाल बीमा प्राधिकरणबाट चैत १२ गते आइतबार प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वीकृति प्राप्त भएको थियो ।

पाण्डे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका व्यक्ति हुन् । राष्ट्र बैंकबाट ३० बर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे एक अनुभवी व्यवस्थापक पनि हुन्। यसअघि उनी साविकको सूर्या लाइफ इन्स्योरेन्समा सीईओ थिए । २०७३ फागुनमा चार वर्षका लागि नियुक्त भएका उनी कार्यकाल बाँकी छँदै कम्पनीबाट बाहिरिएका थिए । विगत दुई वर्ष यता उनी बीमा क्षेत्र बाहिर थिए ।

मर्जरपछि बनेको नयाँ कम्पनीले सीईओ पदमा पाण्डेलाई नियुक्त गर्न यसअघि नै सिफारिस गरेको थियो । नेपाल बीमा प्राधिकरणले आइतबार स्वीकृति दिएसँगै उनले जिम्मेवारीमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij