२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा

1.3K
Shares

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले शेयरधनीहरूलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

हाल कमपनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij