२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय बीमा संस्थान र खल्तीबीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी

राष्ट्रिय बीमा संस्थान र खल्तीबीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी

1.6K
Shares

काठमाडौं – खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थान सँग सहकार्य गरेको छ । राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकको रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो।

खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन् । उपभोक्ताले बिमा तिर्न खल्ती एपमा रहेको क्ष्लकगचबलअभ मा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ । मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रक्रियालाई पुरा गर्न सकिन्छ ।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु हाम्रो लागि एक प्रभावकारी उपलब्धि हो। यस सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा हुने साथै बिमा शुल्क सङ्कलन अझै सरल र प्रभावकारी बन्ने कुरामा हामी विश्वस्त छौं।”

प्रयोगकर्ताले ५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij