२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिएचआई ब्रान्डका विद्युतीय तथा घरायसी उपकरणहरू बजारमा

डिएचआई ब्रान्डका विद्युतीय तथा घरायसी उपकरणहरू बजारमा

1.9K
Shares

काठमाडौं– नेपाली बजारमा डिएचआई ब्राण्डका विद्युतीय तथा घरायसी उपकरणहरू थपिएको छ। डिएचआई इलेक्ट्रोनिक्सले उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण बजारमा ल्याएको हो।

कम्पनीले आइतबार एक कार्यक्रम गरी डिएचआईका विभिन्न उत्पादनहरू सार्वजनिक गरेको हो। जसमा डिएचआईका घरेलु तथा हीम इन्टरटेन्मेन्टका उपकरणहरू अन्तर्गत टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजिरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रिजर लगायतका अन्य घरेलु उपकरणहरू छन्।

डिएचआई इलेक्ट्रोनिक्सले डिएचआई ब्रान्डका घरायसी उपकरणहरूले भान्सामा र घरमा ग्राहकहरूलाई सहजता प्रदान गर्ने दाबी गरेको छ। पेट्रोलियम पद्धार्थको आयतले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको उर्जा खपत गरी अर्थतन्त्रमा पर्न जाने आर्थिक भार कम गर्न पनि डिएचआईका उर्जा कुशल विद्युतीय उपकरणहरूते महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ।

डिएचआई ब्रान्डका उत्पादनहरू मार्फत ग्राहकहरूको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्येक घरलाई सुखी घर बनाउने लक्ष्य राखेको डिएचआईका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले बताए। डिएचआई इलेक्ट्रोनिक्स डिशहोमको भगिनी संस्था हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij