काठमाडौं – नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो ।
हाल इन्स्योरेन्समा कामु सीईओको कार्यभार सम्हालेका महर्जनले अब जेठ १८ गतेदेखि सीईओको कार्यभार सम्हाल्ने छन् । त्यस्तै, करार सेवामा नियुक्त भएका सीईओ महर्जनले अब आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईआको जिम्मेवारी सम्हाल्ने छन् ।
बीमा क्षेत्रमा २४ वर्षभन्दा बढी अनुभव भएका महर्जनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । उनी कानूनको स्नातक हुन् । उनले मुम्बईको इन्सुरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । उनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij