२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्यारासुट नेचुरल स्याम्पुका ब्राण्ड एम्बेसडरमा आँचल शर्मा नियुक्त

प्यारासुट नेचुरल स्याम्पुका ब्राण्ड एम्बेसडरमा आँचल शर्मा नियुक्त

3.2K
Shares

काठमाडौं -प्यारासुट नेचुरल स्याम्पुले चर्चित अभिनेत्री आँचल शर्मा दवाडीलाई नयाँ क्याम्पेनको लागि ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्ध गरेको छ । ब्राण्डका सम्पूर्ण स्याम्पुका रेन्जहरू शर्माले प्रचार गर्नेछिन् ।

अभिनेत्रीको रुपमा सफल, आँचल शर्माले पटक पटक विभिन्न हेयरस्टाइल र ट्रिट्मेण्ट गराई राख्नु पर्नेहुन्छ, जसले गर्दा उनलाई दैनिक हिसाबमा आफ्नो कपालको बनावट र नरमीपना कायम राख्न गाह्रो हुन्छ । प्राकृतिक गुणहरूद्वारा तयार पारिएको प्यारासुट नेचुरल स्याम्पुले कपाललाई नियमित रुपमा रेशमी, चम्किलो र बलियो राख्न मद्दत गर्दछ । उत्पादनलाई प्रचार गर्नु अघि, आँचलले स्याम्पु प्रयोग गरी हेरेको थिइन र दैनिक कपाल पोषणका लागि उनले प्यारासुट अत्यन्तै प्रभावकारी पाइन् ।

प्यारासुट नेचुरल प्राकृतिक प्याराबेन फ्री स्याम्पु हो जुन ३ भेरियण्टमा उपलब्ध छ । प्यारासुट नेचुरल स्याम्पुको प्रत्येक भेरियण्टमा नरिवलको दूध प्रोटीनको गुण समावेश छ, जुन कपाललाई जरासम्म पोषण प्रदान गर्न र बलियो बनाउनका लागि उपयुक्त मानिन्छ ।

नेचुरल स्याम्पुको प्रत्येक भेरियण्टमा विशेष प्राकृतिक गुणहरु पाइन्छ । कपाललाई रेशमी र मोइस्चराइज गर्नका लागि एलोभेराको गुण समावेश छ । त्यसैगरी, एन्टी–हेयर फल भेरियण्टमा हिनाको प्राकृतिक गुण छ, जसले कपाललाई बाक्लो बनाउन मद्दत गर्छ र ड्यामेज रिपेयर भेरियण्टमा हिबिस्कस हुन्छ जसले कपाललाई नरम बनाउँछ । प्यारासुट नेचुरल स्याम्पुको नयाँ क्याम्पेनले कपालको हेरचाहका लागि, स्याम्पु प्रयोगकर्ताहरूलाई “केमिकललाई भनौँ “नो”, नेचुरल लाई भनौँ “यस,” भन्ने नाराका साथ उत्पादन बिक्रि शुरु गरेको थियो । “सबैको जीवनमा स्याम्पुको विशेष भूमिका रहेको छ, त्यसैले सही स्याम्पु छनौट गर्नु धेरै महत्वपूर्ण हुन्छ । नरिवलमा आधारित कपाल हेरचाह उत्पादनका लागि विश्वव्यापी रूपमा प्रख्यात प्यारासुटसँग आबद्ध हुन पाउँदा म हर्षित छु,” स्याम्पु बारे बोल्दै शर्माले भनिन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij