२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेविकोले सार्वजनिक गर्‍यो थप चार उत्पादन

नेविकोले सार्वजनिक गर्‍यो थप चार उत्पादन

2.4K
Shares

काठमाडौं– नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादक नेविको अभौ लोकप्रिय बन्दै अघि बढ्दै छ। बजारमा नेविकोका बिस्कुट, कन्फेक्सनरी, कुकिज, सिरियल्स, खाद्यान्न हुँदै स्न्याक्स लगाएतका उत्पादनहरू उपलब्ध छन्।

कम्पनीले सोमबारदेखि थप चार वटा विभिन्न श्रेणीमा उत्‍पादनहरू सार्वजनिक गरेको छ। बिस्कुटमा डी-५० डाइजेस्टिभ, कुकिजमा नाइस मिल्क कुकिज् , खाद्यान्नमा कुरूम-कुरूम चिउरा र स्न्याक्समा सल्टेड पिनट्स सार्वजनिक गरेको हो।

नेविकोले आफ्ना उत्पादनहरू आकर्षक देखाउन र उपभोक्तासम्म सुरक्षित तरिकाले पुर्‍याउन प्याकेजिङमा विशेष ध्यान दिँदै आएको छ। उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखि कम्पनीले उत्पादनहरू सार्वजनिक गरेको कम्पनीले जनाएको छ। कम्पनीले भविष्यमा थप उत्कृष्ठ उत्पादनहरू सार्वजनिक गर्नेमा समेत प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij