२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दावी भुक्तानी

2.2K
Shares

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दावी गरेको दुई दिनमै मृत्युदावीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

वि.सं.२०६९ माघ २८ गते दुई लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो । कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर (ज्ञानु)ले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिल नाथ फुयाललाई मृत्युदावीको चेक रकम हस्तान्तरण गरे ।
कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक अनुज कुमार झा, सहायक प्रियङ्का कार्की र बरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij