२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफ इन्स्योरेन्सले बीमितका परिवारलाई १५ लाख हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सले बीमितका परिवारलाई १५ लाख हस्तान्तरण

855
Shares

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाले बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ। ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गरेका थिए। बीमा गरेको आठ महिनामा उनको निधन भयो। उनका छोराछोरीहरूले उनको बीमा गरी दिएका थिए।

बानेश्वर क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले मंगलबार १५ लाख ५० हजार रुपैयाँको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन्।

उक्त कार्यक्रममा बानेश्वर शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरू किसोर पोख्रेल, रिदुम राई, दावा शेर्पालगायत अन्य एजेन्सी म्यानेजरहरू चन्द्रलक्ष्मी खड्गी र पेशल के.सी. लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij