काठमाडौं -नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट यही माघ १३ गते स्वीकृत पाएको नयाँ बोनसदर आज सार्वजनिक गरेको हो ।
कम्पनीले आव २०७६।७७ को वित्तिय विवरणको आधारमा नयाँ तयार पारेको नयाँ बोनसदर न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ८२ रुपैयाँ बोनसदर प्रति वर्ष प्रति हजार पाउने उल्लेख छ । नेपाल लाईफका सर्वाधिक बीमितले ६० रुपैयाँ बोनस पाउने कम्पनीले आज सार्वजनिक गरेको सूचनामा जनाइएको छ ।कम्पनीले न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर कायम गरिएको छ ।
नेपाल लाइफको नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी बीमा योजनाहरुको न्यूनतम २० वर्षसम्मका पोलिसीहरुले ६० रुपैयाँ प्रति वर्ष प्रतिहजार, २१ देखि २५ वर्षका बीमा पोलिसीहरुले ७० रुपैयाँ र २६ वर्ष सो भन्दा बढि अवधीमा बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस घोषणा गरिएको छ ।
त्यस्तै, अग्रिम भुक्तानी नामक जीवन समृद्धि बीमा योजनाले न्यूनतम ५६ रुपैयाँ १५ वर्षे अवधीका लागि र ५८ रुपैयाँ २० वर्षे अवधीका लागि बोनस पाउनेछन् । यस्तै , अग्रिम भुक्तानी सावधिक अन्तर्गतका धनवर्षा, नौलो जीवन समृद्धि, नौलो धनवर्षा जीवन उन्नती, जीवन शान्ति र छोराछोरी तथा सदाबहार बीमा पोलिसीमा सबै वर्ष समुहका बीमा पोलिसीहरुका लागि ६० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस कायम गरिएको छ ।
त्यस्तै, सावधिक तथा आजिवन अन्तर्गतको जीवन साहारा बीमा पोलिसी पनि २० वर्ष अवधीसम्मकाले ६० रुपैयाँ, २५ वर्ष अवधीसम्मकाले ७० रुपैयाँ र २६ वर्षभन्दा बढि अवधीका बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रति वर्ष प्रतिहजार बोनस कायम गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij