२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम सम्पन्न

1K
Shares

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संखुवासभाको खांदवारीमा पुस २० गतेदेखि ३ दिनसम्म “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न गरेको छ ।

२६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij