२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रिइन्स्योरेन्सको नाफा ४ करोड ७६ लाख

हिमालयन रिइन्स्योरेन्सको नाफा ४ करोड ७६ लाख

1.4K
Shares

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु बर्षको पहिलो त्रैमासमा चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको बित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिमा कम्पनीले कुल ७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको लगानी, कर्जा तथा अन्य आय भने १० लाख १८ हजार रुपैयाँ छ । जसको खर्च ३ करोड १५ लाख रुपैयाँ छ । कम्पनीले खुद बीमा शुल्क बापत ८ करोड ८ लाख रुपैयाँ संकलन गरेर दाबी भुक्तानी खुद एक करोड ७ लाख रुपैयाँ गरेको छ। कम्पनीले २९ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

हाल कम्पनीको चुक्तापूँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले संस्थापक तर्फबाट मात्र उक्त रकम बराबरको पूँजी चुक्ता गरेको हो । सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गरी १० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्ने तयारी कम्पनीले गरेको छ ।

जगेडा कोषमा ५ करोड १८ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ४ अर्ब २५ करोड रुपैया रहेको छ । अल्पकालिन भने २ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव कम्पनीले कात्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभा मार्फत पारित गराई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij