२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइतवार प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा हुदै

आइतवार प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा हुदै

855
Shares

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आइतवार हुदैछ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे गर्ने जानकारी गराएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै सभाले २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७र७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
त्यसैगरी सभाले हाल कायम संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात ७०ः३० रहेकोमा सो अनुपातलार्य परिर्वतन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत ९६०ः४०० कायम गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर ९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij