२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

730
Shares

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन २४ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६०० रुपैयाँ रहेको छ। ५.५० प्रतिशतका दरले १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij