२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

4.9K
Shares

काठमाडौं- नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा आइतबार मात्रै दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रहेको छ । कम्पनीको ३१ प्रतिशत अर्थात १ करोड ७० लाख ३८ हजार ०९८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, डिप्रोक्स लघुवित्तको १५ प्रतिशत अर्थात १५ लाख ८ हजार १५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै दुबैको कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij