काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारको जिम्मेवारी एनएमबि क्यापिटलले पाएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगाएरका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।
मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरी असार २८ गते बाँडफाँट गरेको छ । उक्त बाँडफाँटमा परेका शेयरधनीहरुको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य अब एनएमबि क्यापिटलबाट हुने भएको हो ।
सर्वसाधारणमा आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम भएको छ । यो शेयर पनि धितोपत्र दोस्रो बजारमास सूचीकृत हुन बाँकी रहेको छ । कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ११० दशमलव ८४ देखि रू. ३३२ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
वास्तविक प्रतिशेयर नेटवर्थ देखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि नेप्सेले तोक्ने व्यवस्था छ । गत आर्थिक वर्ष ०७६/७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८४ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij