काठमाडौं – बीमा समितिले वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक अतिवापत बीमितहरुवाट २० वटै निर्जीवन बीमा कम्पनीसंग गरी कूल र एक अर्ब ९२ करोड तीन लाख ४८ हजार बीमा माग दाबी परेको जनाएको छ । बीमा कम्पनीहरुबाट संकलित तथ्यांक अनुसार अविरल वर्षा शुरु भएदेखि बुधबारसम्म सम्पत्ति बीमा, मोटर बीमा, कषि तथा पशुपन्छी बीमा, इञ्जिनीयरिङ बीमा र विविध बीमा अन्तर्गत बीमितहरुबाट जम्मा ३३१ वटा वीमाको माग दाबी भएको हो।
सबै निर्जीवन बीमा कम्पनीमा परेका कूल बीमा माग दावीमध्ये १४१ वटा सम्पत्ति बीमाको बीमा मागदावी ६९ करोड ३६ लाख ४६ हजार, ३३ वटा मोटर बीमाको ४ करोड ७५ लाख ८७ हजार, पाँचवटा सामुद्रिक वीमाको १९ लाख ८१ हजार, छ वटा कृषि बीमाको एक करोड ६२ लाख ५१ हजार, पाँचवटा पशुपन्छी वीमाकाको दुई करोड ३८ लाख ५९ हजार र विविधतफ दुईवटा वीमाको एक करोड ५५ लाख ५१ हजार निर्जीवन बीमा माग दावी परेको छ ।
यसैगरी, इञ्जिनीयरिङ वीमातर्फ हालैको बाढी पहिरोबाट क्षति भएका १०७ वटा निमाणाधीन आयोजना वीमाको मागदावी ९० करोड सात लाख ३४ हजार, आठवटा निर्माण सम्पन्न आयोजना वीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वीपमेन्ट वीमाको आठ करोड ८४ लाख ३६ हजार र अन्य ६ वटा वीमाको रु। एक करोड ५३ लाख तीन हजारको वीमा माग दावी परेको तथ्यांक बीमा कम्पनीहरुबाट प्राप्त भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij