काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्झौता भएको छ।
सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
अब शंखरापुर नगरपालिकामा रहेका कृषकहरुले आफना पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्न सक्ने छन्। नगर प्रमुख श्रेष्ठले कृषकहरुलाई ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरेर उत्पादन बढाउन आग्रह गरे।
जनरल इन्स्योरेन्स लिमिटेडले पनि ढुक्क भएर सेवा लिन आग्रह गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij