काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार एक कम्पनीको शेयर सूचीकृत भएको हो । नेप्सेमा बिहिबार सिर्जना फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार आज सिर्जना फाइनान्स लिमिटेडको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ५९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij