काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको एक करोड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij