२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वैशाख २६ गते जनरल इन्स्योरेन्सले साधारण सभा गर्ने

वैशाख २६ गते जनरल इन्स्योरेन्सले साधारण सभा गर्ने

1.1K
Shares

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले वैशाख २६ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रिय कार्यालय, हात्तिसार , काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो । सर्वसाधारण शेयरधनीहरुलाई आईपीओ जारी गरेपछि पहिलो पटक कम्पनीले वार्षिक साधारण सभा गर्न लागेको हो ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ । साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिला सहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गराउँनेछ ।

कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभा प्रयोजनका लागि वैशाख १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij