काठमाडौं – ज्योति लाईफ इन्स्योरेन्स र ब्लु बर्ड इन्टरनेसनल क्लिनिक, काठमाण्डौ संग बिभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा बीमाका सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहकले पाउने छन् ।
केयर्स कार्ड बाहक ग्राहकका निजका परिवारका सदस्यहरुले ब्लु बर्ड इन्टरनेसनल क्लिनिकमा बिभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवामा ७ देखी २० प्रतिसतको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । ज्योति लाईफले ब्लुबर्डका कर्मचारीको सामुहिक म्यादी जीवनको सेवा प्रदान गर्नेछ साथै ज्योति लाईफमा बीमा गर्न चाहने ग्राहकहरुको आवश्यक स्वास्थ्य परीक्षण समेत ब्लुबर्ड क्लिनिकमा गर्न सकिनेछ ।
नेपालकै पहिलो एवम एक मात्र ३५ घातक रोगको ५० लाख सम्म को सुरक्षा लगायत जीवन बीमाको बिभिन्न नौला एवम उपयोगी सुबिधा पस्किदै आएको ज्योतिलाईफ र काठमाडौंको मुटु त्रिपुरेश्वरमा एथेस्ट पार्किङ तथा अत्याधुनिक सेवा सुबिधा सहितको ब्लुबर्ड अन्तरराष्ट्रिय क्लिनिक बिच भएको यस सम्झौताबाट दुबै सेवा प्रदायक संस्थाका आन्तरिक तथा बाह्य ग्राहकले द्विपक्षिय लाभ लिन सकिने भएको छ ।
सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्री तथा ब्लु बर्ड इन्टरनेसनल क्लिनिकका प्रबन्धक जीतेन्द्र कारन्जितले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा दुवै कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij